बैशाख १८ देवदह।कोरोना संक्रमण दर तिब्र गतिमा बृद्दी बाहे पछि देवदह नगरपालिकाले २० बेडको आइसोलेसन केन्द्र स्थापना गरेको छ। देवदहको शितलनगर स्थित मगर संघको भवनमा उक्त आइसोलेसन सेन्टर स्थापना गरिएको हो।
देवदहमा पछिल्लो ३४ घन्टामा २३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। पछिल्लो २४ घन्टामा १७ पुरुष र ६ महिला सहित २३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
देवदह नगरपालिकामा सक्रिय संक्रमितको संख्या मात्रै १ सय २२ रहेको छ। कोरोनाको जोखिम बढेको कारण संक्रमितको उपचारमा सहज होस् भन्ने हेतुले आइसोलेसन केन्द्र स्थापना गरिएको नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो।
बैशाख १९ गते भोलि देखि उक्त कोरोना बिशेष हस्पिटल संचालनमा आउने देवदह नगरपालिका स्वास्थ्य शाखाका अधिकृत काशिनाथ बन्जाडेले गुराँस मिडियालाई जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij