बैशाख १९ देवदह। रुपन्देहीको देवदह नगरपालिकामा अक्सिजन सहितको कोरोना बिशेष अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको छ ।मगर संघ देवदहको भवनमा २० बेडको कोरोना बिशेष अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको कोरोना बिशेष अस्थाई अस्पतालका व्यवस्थापक अरबिन्द चन्द्र आचार्यले जानकारी दिए ।
देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेकोले आज बाटै अस्पताल संचालनमा आउने बताउनुभयो।अस्पतालमा अहिले विद्युत, धारा जडान, वाइरिङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम लगायत निर्माण कार्य सम्पन्न भएको छ ।श्वासप्रस्वासमा समस्या भएका ,अक्सिजनमा कमि आएका र ज्वोरो नघटेका संक्रमितको अब यहि अस्पतालमा उपचार गरिने नगर प्रमुख खत्रीले बताउनुभयो।
नगरप्रमुख खत्रीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलव्ध गराउने बताए । हाल १० ओटा ठुलो र ५ ओटा सानो भेन्टिलेटर राखेर अस्पताल संचालनमा ल्याइएको बताउदै आवश्यकता अनुसार थप २० ओटा थपिने जानकारी दिए ।
देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले बैशाख १९ गते आज सर्व दलिय सर्व पक्षिय बैठक बसेको जानकारी दिदै कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो।उप प्रमुख गुरुङले अर्को हप्ता देखि हप्ताको दुइ दिन सम्भावित लक्षण देखिएका सर्वसाधारणको आर टि पिसिआर परिक्षण गरिने व्यवस्था गर्न लागिएको समेत बताउनुभयो।
कोरोन बिशेष अस्थाई अस्पतालमा डा किरण गुपताको नेतृत्वमा ३ जना नर्स र १ जना प्यारामेडीसिन रहने देवदह नगरपालिका स्वास्थ्य शाखा अधिकृत काशिनाथ बन्जाडेले जानकारी दिनुभयो। बिरामीको स्वास्थ्यको जानकारीका लागि बिरामीका आफन्तलाई बस्न का लागि समेत व्यवस्था गर्न लागिएको बन्जाडेले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij