बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौँमा आइसोलेशन सहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौँमा आइसोलेशन सहितको अस्पताल निर्माण गर्न समिति गठन

images
  • 202
    SHARES

  • images
    images
    images
    काठमाडौँमा आइसोलेशन सहितको अस्पताल निर्माण गर्न समिति गठन
    images
    images
    images

    काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न  वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।

    समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहेका छन् । 

    images
    images
    images

    कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।

    समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिश गर्नेछ ।

    कापमले तर्जुमा गर्ने महामारी नियन्त्रण कार्यक्रममा डा गणेश गुरुङ, डा अर्जुन कार्की, डा अनुप सुवेदी र डा शरद् वन्तलाई स्वास्थ्यविज्ञका रूपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । त्यस क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डङ्गोल, दीपेन्द्र लामा र दीपक केसीले महामारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको धारणा राखेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख २१ २०७८०९:१०:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij