बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

निषेधाज्ञा जारि गर्ने जिल्लाको संख्या ४५ पुग्यो,३८ मा पूर्ण ७ मा आंशिक

निषेधाज्ञा जारि गर्ने जिल्लाको संख्या ४५ पुग्यो,३८ मा पूर्ण ७ मा आंशिक

images
  • 304
    SHARES

  • images
    images
    images
    निषेधाज्ञा जारि गर्ने जिल्लाको संख्या ४५ पुग्यो,३८ मा पूर्ण ७ मा आंशिक
    images
    images
    images

    बैशाख २१ 
    विश्वभर फैलदैँ गइरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत तिब्र गतिमा फैलिन थालेपछि देशका ७७ जिल्लामा ४५ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण रोक्न र चेन ब्रेक गर्नको लागि ३८ जिल्लाले जिल्लाभर निषेधाज्ञा जारी गरेका छन् भने ७ जिल्लाले पूर्ण नभएर केही स्थानहरुमा मात्र निषेधाज्ञा जारी गरेका छन् ।

    images
    images
    images

    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पश्चिममा  निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ ।

    यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।

    निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा शुरु हुँदैछ ।

    मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।

    यसैबीच काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

    Lockdown-in-45-district.pdf :To download file click here

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख २१ २०७८०९:३७:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij