बैशाख २२ देवदह। रुपन्देहीको देवदह स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा ५ दिनका लागि बन्द गरिएको छ।बैशाख २१ गते देखि २५ गते शनिवार सम्मका लागि स्वास्थ्य चौकी बाट प्रदान हुने सम्पूर्ण सेवाहरु बन्द हुने भएको हो।
कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न र अन्य स्वास्थ्य कर्मी र कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले ५ दिनका लागि सेवा बन्द गरिएको स्वास्थ्य चौकीका प्रमुख डिलेश्वर श्रेष्ठले जानकारी दिनुभयो।
हाल सम्म देवदह नगरपालिकामा ६ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्म ३ सय ७८ जना संक्रमण मुक्त भैसकेका छन् भने २ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन। देवदह नगरपालिकामा हाल सम्म १७ जनाले कोरोना का कारण ज्यान गुमाएका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij