गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–७ जुनियाका ६९ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ कार्यालय (कोभिड–१९) गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।
उनका अनुसार कार्कीको बैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी पहिल्यैदेखि विभिन्न रोगहरुबाट ग्रसित थिए ।
गएराति उनको जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् ।
योसँगै यस गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भइसकेको छ । जिल्लाभर हालसम्म २५ जना संक्रमितको मृत्यु भएको कार्की बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij