बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पञ्चेश्वर जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर

पञ्चेश्वर जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर

images
  • 222
    SHARES

  • images
    images
    images
    पञ्चेश्वर जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर
    images
    images
    images

    बैशाख २२ बैतडी।बैतडीको पञ्चेश्वर गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएको वडा नम्बर ६ का ५० वर्षीय खेमसिंह भण्डारीको पछिल्लोपटक मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भण्डारीको मंगलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको हो। यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय  डम्मरसिंह भण्डारी,  २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो। जिप चालक तेजबहादुर बोहराको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृतकहरुको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

    images
    images
    images

    सोमबार राति चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको  शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नम्बरको जिप मंगलबार दिउँसो पौने ३ बजे  पञ्चेश्वर–६ रोडीदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको थियो। जिपमा मृतक वडा सदस्यको शव र ११ जना थिए।

    दुर्घटनामा अन्य चारजना घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर छ। ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी, र २४ वर्षीय दिलिपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा  रेफर गरिएको छ। घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

    साँघुरो घुम्तीमा मोड्न नसक्दा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  जिप सडकबाट करिब ५००  मिटर तल खसेको छ। वडासदस्यको मृत्युले शोकमा डुबेको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवल गाउँ थप ६ जनाका दुर्घटनामा परी मृत्यु भएसंगै थप शोकमा डुबेको छ।  

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख २२ २०७८०९:३९:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij