बैशाख २२ बुटवल।लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना संक्रमितको मृत्यु भएको छ
मृत्य हुनेमा तीनजना महिला र एक पुरुष छन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार क न्चन गाउँपालिका–४ का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको हो ।
त्यस्तै बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको हो ।
यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६ः३८ मा मृत्यु भएको हो ।
यस्तै बुटवल–९का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकी थिइन् । उनको पनि उपचारको क्रममा बुधबार बिहान ६ः२२ बजे मृत्यु भएको गौतमले जानकारी दिनुभयो। बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमै भर्ना भएका थिए ।
यो पनि पढ्नुहोस
रुपन्देहीको देवदह स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा ५ दिनका लागि बन्द गरिएको छ।बैशाख २१ गते देखि २५ गते शनिवार सम्मका लागि स्वास्थ्य चौकी बाट प्रदान हुने सम्पूर्ण सेवाहरु बन्द हुने भएको हो।
कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न र अन्य स्वास्थ्य कर्मी र कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले ५ दिनका लागि सेवा बन्द गरिएको स्वास्थ्य चौकीका प्रमुख डिलेश्वर श्रेष्ठले जानकारी दिनुभयो।
हाल सम्म देवदह नगरपालिकामा ६ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्म ३ सय ७८ जना संक्रमण मुक्त भैसकेका छन् भने २ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन। देवदह नगरपालिकामा हाल सम्म १७ जनाले कोरोना का कारण ज्यान गुमाएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij