बैशाख २३ देवदह। नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगर कमिटिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सम्पूर्ण नगरवासी लाई आग्रह गरेको छ।
नेकपा एमाले देवदह नगर कमिटिका अध्यक्ष प्रकाश अर्याल र नगर कमिटिका सचिव मन कुमार कनौजे द्वरा जारि गरिएको प्रेस बक्तव्यमा मानवताको रक्षाको लागि कोभिड –१९ बाट सुरक्षित हुन नेपाल सरकारले विविधतापूर्ण निषेधाज्ञा जारी गरे अनुरुप हामी सबै अत्यावश्यक काम बाहेक होम क्वारेन्टाइनमा नै रहेका छौ।संभावित संक्रमणको जोखिमलाई कम गर्न सबै तह तप्काबाट निषेधाज्ञाको समय घरमै बसी सावधानी अपनाउन अपिल गर्दछौं । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन सम्पूर्ण नागरिकहरु घरमै क्वारेन्टाइनमा बस्न ,अनिवार्य मास्क प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, २ मिटरको भौतिक दुरी कायम गर्न र नियमित रुपमा साबुनपानीले हात धुन समेत अनुरोध गर्दछौं । साथै लकडाउनको अवस्थामा विदेशबाट आउने आफन्त र छिमेकीलाई होसियारी साथ होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन तथा स्थानीय सरकार ,सरकारी निकाय र आवश्यक ठाउँमा सुचना गर्न सम्पूर्ण राजनीतिक दलका वार्ड र टोल स्तरका संगठन ,सम्पूर्ण जनप्रतिनिधि ,टोल विकास संस्था ,विभिन्न संघसंस्था ,पत्रकार र नागरिक समाज सबैमा आग्रह गरिएको उल्लेख छ।
कोभिड १९ विरुद्ध संचालित सम्पूर्ण अभियानमा नेकपा (एमाले) देवदह सम्पूर्ण प्रकारको सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धता र ऐक्यबद्धता जाहेर गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई यसै अनुसार परिचालित हुन समेत अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
सम्पूर्ण जनसमुदाय एवम देवदहवासी दाजुभाइ दिदीबहिनीहरु,
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार सहित तीनै तहका सर कारहरु क्रियाशील रहेको र सबै राजनीतिक दल, संघसंस्था र सम्पूर्ण नागरिकहरुबाट ऐक्यबद्धता रहेको व्यहोरा अवगतै छ।मानवताको रक्षाको लागि कोभिड –१९ बाट सुरक्षित हुन नेपाल सरकारले विविधतापूर्ण निषेधाज्ञा जारी गरे अनुरुप हामी सबै अत्यावश्यक काम बाहेक होम क्वारेन्टाइनमा नै रहेका छौ।संभावित संक्रमणको जोखिमलाई कम गर्न सबै तह तप्काबाट निषेधाज्ञाको समय घरमै बसी सावधानी अपनाउन अपिल गर्दछौं । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन सम्पूर्ण नागरिकहरु घरमै क्वारेन्टाइनमा बस्न ,अनिवार्य मास्क प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, २ मिटरको भौतिक दुरी कायम गर्न र नियमित रुपमा साबुनपानीले हात धुन समेत अनुरोध गर्दछौं । साथै लकडाउनको अवस्थामा विदेशबाट आउने आफन्त र छिमेकीलाई होसियारी साथ होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन तथा स्थानीय सरकार ,सरकारी निकाय र आवश्यक ठाउँमा सुचना गर्न सम्पूर्ण राजनीतिक दलका वार्ड र टोल स्तरका संगठन ,सम्पूर्ण जनप्रतिनिधि ,टोल विकास संस्था ,विभिन्न संघसंस्था ,पत्रकार र नागरिक समाज सबैमा अनुरोध गर्दछौं ।
विपन्न वर्गको सहयोगको लागि विशेष सहयोग गर्न र सम्भावित खतरालाई मध्यनजर गरि देवदह –७ शितलनगरमा स्थापना गरिएको २० बेडको अस्थायी कोरोना हस्पिटलको बेड संख्या वृद्धि र क्ष्ऋग् सहित क्षमता वृद्धिको पहलकदमी लिन समेत देवदह नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं । कोभिड संक्रमित र रिकभर हुनेहरुको नियमित तथ्यांक अपडेट गर्न र संक्रमितलाई आवश्यक औषधीको व्यवस्था गर्न हुन र देवदह मेडिकल कलेजमा कोभिड विरामीहरुको उपचारको व्यवस्था मिलाउन देवदह नगरपालिका संग अनुरोध गर्दै लुम्बिनी प्रादेशिक अस्पताल ,भिम हस्पिटल लगायत अन्य सरकारी र निजी हस्पिटलमा आवश्यक भौतिक पुर्वाधार तथा थप आई सि.यू र भेन्टिलेटर सहित आवश्यक उपकरणको प्रबन्ध र क्षमता वृद्धि गरि रुपन्देही लगायत आसपासका क्षेत्रका जनताको सहज उपचारको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश सरकार र सम्बद्ध पक्षको समेत ध्यानाकर्षण गर्दछौं । सम्पूर्ण नागरिकहरुलाई अविलम्ब कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन नेपाल सरकाको ध्यानाकर्षण गर्दछौं । संकटको बेलामा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा सहज एवम् सरल आपुर्तिको व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दै कालोबजारी हुन नदिन आवश्यकता अनुसार अनुगमनलाई प्रभावकारी बनाउन समेत अनुरोध गर्दछौं ।संकटको यस घडीमा हरेक नागरिकहरुमा कुनै प्रकारले विचलित नहुन र धैर्यता अपनाउदै विषम परिस्थिति संग सकारात्मक दृष्ट्रिकोण सहित एकताबद्द भएर सामना गर्न समेत अनुरोध गर्दछौं ।
वर्तमान समयमा कोराना विरुद्धको लडाई र व्यवस्थापन नै प्रमुख कार्यभार हो । तर पनि कोरोना महामारी लामो समय सम्म रहन सक्ने तर्फ ध्यान दिदै परिथिती अनुकुल हुने वित्तिकै वा आवश्यक व्यवस्थापन गरेर सम्भव भए सम्म स्वास्थ्य मापदण्ड र अन्य आवश्यक मापदण्ड पालना गर्दै भिडभाड हुन नदिने व्यवस्था मिलाएर भुमि समस्या सामाधानका लागि जग्गा नापि, विकास निर्माण,उद्योग संचालन र कृषि उत्पादनका कामहरुलाई समेत अगाडि बढाउने तर्फ स्थानीय सरकार, भुमि आयोग र सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछौं ।
अनावश्यक प्रचारवाजी र सस्तो लोकप्रियताको पछि नलागि अधिकार प्राप्त निकायहरु सबैको सहयोगमा ठोस काममा जुट्न अनुरोध गर्दै मानव जाती र सभ्यता रक्षाको लागि निषेधाज्ञा अवधि भर पूर्णरूपले घरमा बसेर सहयोग गर्न तथा हरेक दिन घर बाहिर निस्कने प्रवृत्ति देखिएको हुनाले उक्त कार्य एवम भिडभाड र अनावश्यक तडकभडक समेत नगर्न सबैसंग अपिल गर्दछौं । विकसित राष्ट्रहरुलाई समेत हम्मेहम्मे परिरहेको सन्दर्भमा हाम्रो जस्तो पछौटेपन र कमजोर क्षमता भएको राष्ट्रमा कोभिडका कारण उत्पन्न हुन सक्ने असहज अवस्थाको सामना गर्न आपसी पार्टीगत झगडा र सत्ता राजनीतिको छिनाझपटी छोडेर जनताको जीवन रक्षाको लागि एकताबद्द भएर अगाडि बढ्दै स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धि गर्न र सिर्जित भ्रमहरुलाई चिर्दै जनतालाई सकारात्मक सन्देश प्रवाह गर्न समेत नेपाल सरकार लगायत सम्पूर्ण राजनीतिक दलहरुमा अनुरोध गर्दछौं । मानव जीवन र स्वयं आफ्नै जीवनको लागि जारी निषेधाज्ञा एवम् लक डाउन र स्वास्थ्य मापदण्डको पूर्णरूपले कार्यान्वयन र अनुसरण गर्दै सबैले हातेमालो गरेर कोभिड विरुद्धको विश्वव्यापी लडाइँमा सफलता प्राप्त गरौ।यस अवधिमा मृत्युवरण गर्नेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र कोभिड संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिड—१९ विरुद्ध संचालित सम्पूर्ण अभियानमा नेकपा (एमाले) देवदह सम्पूर्ण प्रकारको सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धता र ऐक्यबद्धता जाहेर गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई यसै अनुसार परिचालित हुन समेत अनुरोध गर्दछौ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij