बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा कोरोनाको लक्षण देखिएकाको नि:शुल्क पिसिआर परिक्षण गरिने

देवदहमा कोरोनाको लक्षण देखिएकाको नि:शुल्क पिसिआर परिक्षण गरिने

images
  • 501
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोनाको लक्षण देखिएकाको नि:शुल्क पिसिआर परिक्षण गरिने
    images
    images
    images

    सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले बुधबार देखि निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नगरपालिका क्षेत्रका नागरिकहरुको कोरोना भाइरस जाँचका लागि निःशुल्क पिसिआर परीक्षण शुरु गरिएको उपप्रमुख बिद्या लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।

    कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेको आधारमा उनीहरुको पिसिआर गरिदिने व्यवस्था मिलाइएको उहाको भनाई छ । गुरुङका अनुसार नगरपालिकाको आफ्नै जनशक्तिले बुधवारदेखि स्वाब संकलन गर्ने काम गरिरहेको छ । ‘कुनै लक्षण देखिएमा खवर गर्नुपर्ने हुन्छ, हामी घरमै पुगेर स्वाब संकलन गर्छौ ।’ यसका लागि नगरपालिकाले उज्यालो लालटिन प्रतिष्ठानको सहकार्यमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको हो ।

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाले भने पिसिआर परिक्षण गर्न नसक्नेहरुको लागि मात्रै निशुल्क पिसिआर गरिने जानकरी दिएको छ। 

    संकलित स्वाब प्रादेशिक स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागि लगिने नगरपालिकाले बताएको हो। हाल रुपन्देहीका तीन स्थानमा कोरोना परिक्षण हुने गरेको छ । व्यक्तिगत रुपमा परिक्षण गर्दा प्रति व्यक्ति दुई हजार रुपैयाँ लाग्ने गरेको छ ।
    यसैबिच, कोरोना संक्रमितलाई लक्षित गर्दै देवदह मेडिकल कलेजमा पाँच बेडको आइसियु सेवा सञ्चालनमा आएको पनि उपप्रमुख गुरुङले गुराँस मिडियालाई  बताउनुभयो।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख २३ २०७८०७:३९:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij