बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

images
  • 371
    SHARES

  • images
    images
    images
    विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो
    images
    images
    images

    मोरङ । मोरङको विराटनगरमा भइरहेको निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएको छ।

    कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो ।
    बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो ।

    images
    images
    images

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागू हुने गरी जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने बैठकले निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।

    यसअघि वैशाख १७ गते बसेको जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातिको १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख २४ २०७८०९:५६:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij