बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

images
  • 371
    SHARES

  • images
    images
    images
    चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
    images
    images
    images

    बैशाख २५ ,चितवन।चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्। कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन्। यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उनले जानकारी दिइन्।

    images
    images
    images

    उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन्। उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन्। कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई सङ्क्रमण देखिएको छ। जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु भएको  छ। ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन्। रासस

    गुराँस मिडियामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनुहोला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख २५ २०७८०२:५१:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij