बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा ३,३७० जना सङ्क्रमणमुक्त भै घर फर्किए

पछिल्लो २४ घण्टामा ३,३७० जना सङ्क्रमणमुक्त भै घर फर्किए

images
  • 168
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा ३,३७० जना सङ्क्रमणमुक्त भै घर फर्किए
    images
    images
    images

    बैशाख २५ काठमाडौं । नेपालमा गत २४ घण्टामा थप थप ८,४१८ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। हालैका दिनहरूमा सङ्क्रमण घटेको यो पहिलो पटक हो। शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

    मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ। हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ।

    images
    images
    images

    यो अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन्। काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।

    सरकारको तथ्याङ्कअनुसार शनिवार अपराह्णसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ। अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।

    कुल १८,३०४ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। मन्त्रालयका अनुसार शनिवार काठमाण्डू जिल्लामा २,२७० जना, ललितपुर जिल्लामा ४६२ र भक्तपुरमा ३८१ जनामा कोभिड पुष्टि भएको हो।

    त्यसैगरी झापामा २७६, मोरङमा २५४, कास्कीमा २८५, दाङमा ३६६, बाँकेमा ५५५, रूपन्देहीमा ८६१ र सुर्खेतमा ५९७ जनामा पनि सङ्क्रमण पुष्टि भयो।

    गत बुधवार र बिहीवार सांसदहरूसहित १,२३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १६० जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार २०५ जना सांसदको परीक्षण गरिएकोमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक जना गरी १९ जना सांसदमा सङ्क्रमण पुष्टि भएको हो।

    दुई मन्त्रीसहित आठ सांसद यसअघि नै सङ्क्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन्।

    बाँकी १,०३० जना सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख २५ २०७८०६:३०:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij