बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माधव नेपाल पक्षले दिएको अल्टिमेटम सकियो,सामूहिक राजीनामाको तयारी

माधव नेपाल पक्षले दिएको अल्टिमेटम सकियो,सामूहिक राजीनामाको तयारी

images
  • 224
    SHARES

  • images
    images
    images
    माधव नेपाल पक्षले दिएको अल्टिमेटम सकियो,सामूहिक राजीनामाको तयारी
    images
    images
    images

     नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको ९ बजे सम्मको समयसीमा सकिएको छ।आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबाट दुई विषय तय गरेको बताएका थिए।

    हिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। ‘उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते हामीले जे निर्णय गर्नुपर्ने हो। त्यो निर्णय गर्छौं’, भट्टराईले भनेका थिए।

    images
    images
    images

    उनले आफूहरुले सम्पूर्ण सांसद्हरुलाई सोमबार बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरिएको जानकारी दिएका थिए। ‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौं। त्यसपछि हामीले गर्नुपर्ने कठोर निर्णय गर्छौं’, उनको भनाइ थियो। तर यसबीचमा कुनै थप प्रगति भने नभएको नेताहरुको भनाइ छ। नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०९:२२:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij