काठमाडौं । उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुने भएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको हो।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएकाले थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij