बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा थप ९३०५ संक्रमित थपिए १६८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप ९३०५ संक्रमित थपिए १६८ जनाको मृत्यु

images
  • 195
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा थप ९३०५ संक्रमित थपिए १६८ जनाको मृत्यु
    images
    images
    images

    बैशाख २९ ,काठमाडौं । नेपालमा कोरोनाभाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।

    images
    images
    images

    मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको हो।
    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ।

    नेपालमा सक्रिय सङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ । प्रवक्ता डा. गौतमले हाल एक लाख एक लाख एक हजार ६३४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । सङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने संख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशत पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

    मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख २९ २०७८०५:१७:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij