बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स

माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स

images
  • 593
    SHARES

  • images
    images
    images
    माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
    images
    images
    images

    रामचन्द्र रायमाझी
    पाल्पा(माथागढी),जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।

    गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि एम्बुलेन्स सेवा पर्याप्त नहुँदा जनताले समयमा नपाउने अवस्था सिर्जना हुन सक्ने भन्दै अध्यक्ष थापाले आफूले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीको सेवाका लागि प्रयोगमा लगाएका छन् । ‘अहिलेको प्राथमिकता भनेको बिरामीको सेवा गर्नु हो’, अध्यक्ष थापाले भने, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर गाडी बिरामी बोक्नको लागि प्रयोगमा ल्याइएको छ ।’

    images
    images
    images

    गाउँपालिकावासीलाई छिटोछरितो रूपमा सेवा दिनका लागि आफूहरुले यस्तो निर्णय गरेको अध्यक्ष थापाको भनाई छ । अहिले दैनिक जसो संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका विरामीहरुले अस्पतालसम्म पुग्नको लागि सहजै गाडी पाउन सक्ने अवस्था नभएपछि पर्याप्त एम्बुलेन्सहरुको व्यवस्था मिलाइएको उनले बताए । अध्यक्ष थापाले भने‘ आम नागरिकहरु अहिले महामारीको चपेटामा छन्,यस्तो अवस्थामा हामी जनप्रतिनिधि टुलुटुलु बसेर हेर्न सक्ने अवस्था छैनन्, त्यसैले हामी यस्तो बेला जनताको सारथी बनेका छौं । हामी कुनै पनि अवस्थामा जनतालाई दुःख दिन चाहन्नौ ।’ स्थानीय सरकार जनताको अभिभावक हो त्यसैले पनि संकटको यो महाघडीमा निरन्तर जनताको सारथी बनेको उनको भनाई छ । गाउँपालिकाको हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने छन् । यी गाडीहरु २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अहिले ८४ जना संक्रिय संक्रमित रहेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख २९ २०७८०६:३५:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij