बैशाख २९ ,बुटवल। अक्सिजन आपूर्ति रोकिँदा रुपन्देहीमा ९ जनाले अकालमै ज्यान गुमाएका छन। रुपन्देहीका दुई अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको अक्सिजन अभावमा ज्यान गएको हो ।
बुधबार बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जना र भैरहवाको भीम अस्पतालमा उपचाररत ४ जनाको अकालमा मृत्यु भएको हो । समयमा अक्सिजन आपूर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा बुटवल–११ का २९ वर्षीय पुरुष,बुटवल १२ का ५० बर्षीय महिला,बर्दघाट–१४ का ४४ वर्षीया पुरुष, बुटवल ८ का ५२ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष रहेको उहाँले बताउनु भयो । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजनको पनि चरम अभाव हुँदै गएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij