बैशाख २९ ,बुटवल। रुपन्देहीमा अक्सिजनको चरम अभाव देखिएको छ। अक्सिजन अभावको कारणले ९ जनाले एकै दिन ज्यान गुमाउनु परेको छ। अक्सिजन अभाव हुन् नदिन सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो ।
सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको छ ।अक्सिजन लिनका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी लगायत एअरपोर्ट पुगेका छन्। सिलिन्डर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र धागोमा रहेको कोरोना विशेष हस्पिटलमा लगिने प्रमुख सुवेदीले बताउनुभयो !
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij