बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोरोना कहर :देशका ७३ जिल्लामा निषेधाज्ञा

कोरोना कहर :देशका ७३ जिल्लामा निषेधाज्ञा

images
  • 274
    SHARES

  • images
    images
    images
    कोरोना कहर :देशका ७३ जिल्लामा निषेधाज्ञा
    images
    images
    images

    देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

    कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो। 

    images
    images
    images

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ।
    केही जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने केहीमा  निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा नै कोरोना सङ्क्रमण नियन्त्रणको महत्त्वपूर्ण विकल्प भएकाले मन्त्रालयले जनाएको छ।

    यसअघि गृह मन्त्रालयले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख ३१ २०७८०८:०६:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij