बैशाख ३१ बागलुङ। बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू संक्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन्।
उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ।
यसैबीच, गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij