बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कैलालीमा संक्रमितका लागि निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा

कैलालीमा संक्रमितका लागि निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा

images
  • 305
    SHARES

  • images
    images
    images
    कैलालीमा संक्रमितका लागि निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा
    images
    images
    images

    बैशाख ३१,धनगढी। कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीमा निःशुल्क ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ।

    धनगढीमा रोयल कोल्याबोरेटिभ्सले शुक्रबारबाट अटोमार्फत कोरोना संक्रमितहरुलाई अस्पतालसम्म पुगाउन उक्त सेवा सुरु गरेको हो। शुक्रबार ६ वटा अटो र एउटा जिपबाट अभियान सुरु गरेको उक्त संस्थाले शनिबार थप चार वटा अटो उपलब्ध गराउने जनाएको छ।

    images
    images
    images

    ‘कोरोना सङ्क्रमितका बिरामीहरूलाई एम्बुलेन्स पाउनै समस्या भइरहेको छ। यस्तो समस्या नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौँ’ रोयल कोल्याबोरेटिभ्सका संस्थापक सदस्य देवेन्द्र जोशीले भने,‘जसरी पनि संक्रमितहरुलाई समयमै अस्पताल पुराउने हाम्रो लक्ष्य हो। यसले कोरोना संक्रमितहरुलाई ठूलो राहत हुन सक्छ।’

    उनले संक्रमितहरुलाई अटो एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए। जिपमा दुई वटा अक्सिजन सिलिन्डरको व्यवस्था समेत गरिएको छ। अटो चालकहरूलाई प्रशिक्षण दिएर उनीहरुका लागि पिपिई लगायतका स्वास्थ्य सामाग्रीको पनि व्यवस्था गरिएको छ।

    अटोमार्फत सेवा लिनका लागि कमल प्रताप चौधरीको सम्पर्क नम्बर ९८०४६५५२९०९, मनोज चौधरीको  ९८१०२०१५६५, तथा रिक्त मगरको ९८१२६५४०९९, बाबुराम पौडेलको ९८१४६४१०८२, बालकृष्ण चौधरीको ९८२३५२६२८४ र सुरेन्द्र सिंहको ९८१८४७८३३० नम्बरमा सम्पर्कका लागि समेत आग्रह गरिएको छ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख ३१ २०७८०८:३५:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij