बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अनेरास्ववियु देवदहद्वारा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

अनेरास्ववियु देवदहद्वारा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

images
  • 257
    SHARES

  • images
    images
    images
    अनेरास्ववियु देवदहद्वारा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण
    images
    images
    images

    अनेरास्ववियु देवदह नगर कमिटीले आज प्रहरी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री  वितरण गरेको छ ।

    अनेरास्ववियुको ५६ औं स्थापना दिवसको अवसर पारी   देवदह प्रहरी चौकीलाई माक्स , सेनिटाइजर  ग्लभस र फेस शिल्ड र देवदह क्षेत्रमा रहि पत्रकारीता पेशा अंगालेका पत्रकारहरुलाई माक्स र सेनिटाईजर वितरण गरेको हो ।

    images
    images
    images

    No description available.

    दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने प्रहरी र पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले उनिहरुको सुरक्षाको लागि  स्वास्थ्य सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै अनेरास्ववियु नेता कृष्ण पौडेलले लडकडाउनको समयमा पनि विभिन्न संचार माध्यममा समाचार शाखामा निरन्तर रुपमा काममा खटिएका पत्रकारहरुलाई र सुरक्षा गर्ने प्रहरीलाई संक्रमणबाट जोगिन केही मदत पुगोस भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । 

     कार्यक्रममा अनेरास्ववियु देवदह नगर कमिटीका अध्यक्ष   सुरज भट्टराई ,अनेरास्ववियुका नेताहरु अर्जुन गैरे, प्रविन गौडेल, नवीन गैरे,  केशव न्यौपाने आशोक गैरे , राहुल भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ २ २०७८०९:२३:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij