बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

महामारीमा पनि रोकिएन नदि जन्य पदार्थको अबैध उत्खनन

महामारीमा पनि रोकिएन नदि जन्य पदार्थको अबैध उत्खनन

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    महामारीमा पनि रोकिएन नदि जन्य पदार्थको अबैध उत्खनन
    images
    images
    images

    हजुरहरु लाई नदि जन्य पदार्थ संकलन गर्ने टेन्डर परेको हो ?
    -होइन 
    नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति लिनुभएको हो ?
    -छैन 
    कोरोना महामारीको जोखिम छ,मापदण्ड विपरित किन ढुंगा संकलन गर्नुभएको?
    -खै थाहा भएन 
    माथिको संवाद नदिजन्य पदार्थको उत्खनन गरिएको क्षेत्रमै पुगेर गुराँस मिडियाकर्मीले लिनुभएको हो। 

    बैशाख ३,गुराँस अनलाइन। देश यतिबेला कोरोना महामारी संग जुधिरहेको छ। कोरोना संक्रमण बाट पछिल्लो समय सयौ सर्वसाधारणले अकालमै ज्यान गुमाइरहेका छन्। दैनिक हजारौ संक्रमित थपीइरहेका छन्। कोरोना महामारी तिब्र गतिमा बृद्दी भए पछी यसलाई नियन्त्रण गर्नका लागि उच्च जोखिम भएका जिल्लाहरुमा निषेधाज्ञा जारि गरिएको छ।  उद्योग कलकारखाना,यातायात,बिद्यालय,पार्टी प्यालेस,होटेल लज ठप्प छन्। रुपन्देही जिल्लामा पनि कोरोना संक्रमण दर व्यापक छ। सोहि कारण रुपन्देही जिल्लामा पनि गत बैशाख १६ गते देखि निषेधाज्ञा लागु गरिएको छ। 

    images
    images
    images

    कोरना महामारी रोकथामका लागि अत्याआवश्यक बाहेक सबै क्षेत्र बन्द गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।देवदह नगरपालिकाले बैशाख १९ गते नदि जन्य पदार्थ उत्खनन तथा संकलन कार्य अर्को सूचना जारि नभए सम्मका लागि नगर्न सूचना जारि गरे पनि बैशाख २८ गते बसेको नगर कार्यपालिकाको बैठकले बैशाख २९ गते देखि स्वास्थ्य मापदण्ड पालना गरि उत्खनन तथा संकलन गर्न सूचना जारि गरेको छ। 

    तर निश्चित मापदण्ड र स्वास्थ्य सचेतनाको समेत ख्याल नगरी नगरी स्थानीय तहले जारि गरेको नियम बिपरित दैनिक रुपमा अबैध रुपमा नदिजन्य पदार्थको छोरि निकासी गरिरहेको स्थानीयको गुनासो आएको छ। बिशेष गरि देवदह ,रोहिणी तिलोत्तमा नगरपालिका लगायतका पालिकहरुमा अबैध रुपमा नदि जन्य पदार्थको नियम बिपरित उत्खनन भैरहेको भन्दै स्थानीयले यस्ता खालका क्रियाकलाप रोक्न माग गरेका छन्। 

    स्थानीयले जोखिमको समयमा पनि स्थानीय तहले नदिजन्य पदार्थको उत्खनन गर्न अनुमति दिएको भन्दै तत्काल रोक्न माग गरेका हुन्। 

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ ३ २०७८०४:५५:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij