बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सिद्दबाबा सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान

सिद्दबाबा सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    सिद्दबाबा सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान
    images
    images
    images

    बुटवल ,९ जेठ।सिदार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्दबाबा सुरुङमार्ग निर्माणका लागी टेन्डर आह्वान गरिएको छ। 

    सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यस सुरुङमार्गका लागि बोलपत्र आह्वान गर्न प्रक्रिया अघि बढाएको झन्डै ६ महिना पछि टेन्डर आह्वान गरिएको हो।निर्माण थालेको पाँच वर्षमा सक्ने गरी टेण्डर आह्वान गरिएको केन्द्रले जानकारी दिएको छ। सुरुङ मार्ग निर्माण आयोजनामा निर्माण प्रस्तावक कम्पनीहरुको पूर्वयोग्यता मूल्यांकन (प्रि-क्वालिफिकेसन) गरेर मात्रै निर्माणको ठेक्का दिन लागिएको  गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। 

    images
    images
    images

    सिद्धबाबाको सुरुङ्ग मार्ग निर्माणमा जुट्यो सरकार

    सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको  १.१२६ किमि क्षेत्रमा सुरुङ मार्ग निर्माणको लागि टेण्डर आह्वान गरिएको हो। 

    सुरुङ निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडा भएको बेला २०७६ मङ्सिरमा अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँ समेत विनियोजन समेत गरेको थियो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गत मंसिरमा पठाएको थियो। 

    बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोका कारण उक्त सडक खण्ड भएर यात्रा गर्नेले सास्ती  झेल्दै आएका छन्। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण भयो भने यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ। 


    No photo description available.

    सिद्धबाबा सुरुङमार्ग यस्तो हुनेछ
    सिद्धार्थ राजमार्गको बुटवल-तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकैबाट सुरुङमार्ग सुरू हुनेछ । चिडियाखोलाको खोँच हुँदै यो दोभान नजिकै निस्कने यो सुरुङमार्गको लम्बाई १.१२६ किमि हुनेछ। 

    दुई लेनको हुने सुरुङमार्गको प्रत्येक लेन ३.७५ मिटरको हुनेछ। एक मिटर सोल्डर र ड्रेनेज रहनेछ। एउटा मुख भएको सुरुङमार्गमा एउटा लेन प्रवेश र अर्को आगमनका लागि हुने प्रारम्भिक डिजाइन रहने छ। 

    सुरुङमार्गसँगै रक सेट पनि निर्माण गर्ने योजना रहेको छ। 'रक सेट' पैदल यात्रु आवागमनका लागि हो, तर आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सकिनेछ। सुरुङमार्गसँगै बाहिर करिब ७ सय ८० मिटरको रकसेट बनाउन लागिएको हो।

    हिउँदमा पनि पहिरो जाने गरेको सिद्धबाबालाई मृत्युमार्गका रूपमा समेत चिनिन्छ। सुक्खा पहिरोकै कारण सडक अवरुद्ध हुने कारण सडक जोखिमपूर्ण छ। 

    विभागको तथ्यांकअनुसार सिद्धबाबामा पहिरोकै कारण अहिलेसम्म ४ सय ४० जनाले ज्यान गुमाइसकेका छन्। निरन्तर पहिरो गइरहने र सडक सार्ने विकल्प नरहेका कारण सुरुङमार्ग निर्माणको प्रस्ताव गरिएको हो।

    जैसीका अनुसार  आफ्नै आन्तरिक स्रोतबाट पहिलोपटक सुरुङमार्ग निर्माण गर्न लागिएकाले यो महत्त्वपूर्ण परियोजना रहेको छ। यो आयोजनाको निर्माणले नेपाल आफैंले सुरुङमार्ग बनाउन सक्छ भन्ने समेत प्रमाणित हुने अपेक्षा गरिएको छ।


    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।


    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ ९ २०७८०९:३६:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij