जेठ १० देवदह। राष्ट्रिय युवा संघ नेपाल रुपन्देही देवदहले कोरोना संक्रमण महामारीका कारण अभावमा परेका हरुको लागि खाद्यान्न सहयोग गर्ने भएको छ ।जेठ १० गते आज बसेको बैठकले जेठ १२ गते देखि देवदह नगरपालिकाका सबै वार्ड हरुमा अति बिपन्न ज्याला मजदुरी गरिखाने वर्गका लाही राहत वितरण गर्न लागिएको राहत वितरण कार्यक्रमका संयोजक विकास गहतराजले जानकारी दिनुभयो ।
कोरोना महामारी संक्रमणको जोखिममा रोगले भन्दा भोक ले कोहि सर्वसाधारण नमरुन भन्या उदेश्य सहित राहत वितरण कार्यक्रम सुरु गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सह संयोजक समेत रहेका गहतराजले बताउनुभयो।
देवदह नगरपालिकाका १२ वटै वार्डमा रहेका अभावमा रहेका हरुको पहिचान गरि जेठ १२ गते देखि राहत वितरण गर्न लागेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही देवदहले जानाकरी दिर्को छ। राहत वितरणलाई सहज बनाउनका लागि वार्ड नम्बर १ र२ का लागि कुमार तामांग ,वार्ड नम्बर ३ र ४ का लागि सुरज तिवारी ,वार्ड नम्बर ५ र ६ का लागि सन्तोष घले र मिठु गिरि ,वार्ड नम्बर ७ र ८ का लागि चन्द्र कान्त खरेल ,वार्ड नम्बर ९ र १० का लागि विश्वास गुरुङ र वार्ड नम्बर ११ ,१२ क लागि अजय रौनियारले हेर्ने गरि जिम्मेवारी बाढ़फाड़ गरिएको छ।
त्यसै गरि राहत संकलन वितरण तथा व्यस्थापन व्यस्थापनका लागि श्रदा केसी ,हरि नारायण कुँवर ,मधु श्रेष्ठ ,बिपिन विक र रमेश खरेलले हेर्ने गरि जिम्मेवारी बाढ़फाड़ गरिएको संयोजक विकास गहतराजले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij