बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ठाकुर-महतो सरकारमा जाने भए पछी कित्ता परिवर्तन,उपेन्द्र- बाबुराम पक्षका ५ सांसदले छाडे साथ

ठाकुर-महतो सरकारमा जाने भए पछी कित्ता परिवर्तन,उपेन्द्र- बाबुराम पक्षका ५ सांसदले छाडे साथ

images
  • 366
    SHARES

  • images
    images
    images
    ठाकुर-महतो सरकारमा जाने भए पछी कित्ता परिवर्तन,उपेन्द्र- बाबुराम पक्षका ५ सांसदले छाडे साथ
    images
    images
    images

    काठमाडाैं । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्।

    ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ।

    images
    images
    images

    यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए।

    त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन। स्रोत भन्छ, ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए। अरू ३ सांसदले आउने आश्वासन दिएका थिए तर त्यस बेला नाम खुलाउन चाहेका थिएनन्। अहिले खुलेरै कित्ता परिवर्तन गरेका छन्।’

    यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ। संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ। जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ।

    यसैबीच, जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा जाने निर्णय गरेको छ। जसपा स्रोतका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराएका छन्। जसपाले राखेका माग पूरा गरेको भन्दै उनीहरू सरकारमा जान लागेका हुन्। सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

    जसपाले सरकारसँग ५ वटा माग राखेको थियो। अब सरकारले पूरा गर्न बाँकी २ माग छन्। रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारले पूरा गरेको छैन। यी माग पनि तत्काल पूरा गर्ने आश्वासन ओलीले दिएको जसपाका नेताहरूले जनाएका छन्।

    ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले आफूहरू सरकारमा जाने सम्भावना बढेको बताए। ‘हाम्रा माग मुद्दा सम्बोधन भएमा सरकारमा जान्छौं भन्दै आएका छौं। माग मुद्दा सम्बोधन हुने क्रममा छन्’, भण्डारीले भने, ‘त्यसैले सरकारमा जाने सम्भावना बढेको छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ १२ २०७८१०:५०:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij