बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा जेठ २० गते सम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा जेठ २० गते सम्म निषेधाज्ञा थपियो

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा जेठ २० गते सम्म  निषेधाज्ञा थपियो
    images
    images
    images

    बुटवल १२,जेठ।कोरना संक्रमण रोकथामका लागि गत बैशाख १६ गते देखि रुपन्देहीमा जारि गरिएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप गरिएको छ। आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख  अस्मान तामाङले जानकरी दिनुभयो। 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख तामाङका अनुसार जेठ २० सम्मका लागि  निषेधाज्ञा थप गरिएको र थप गरिएको समयमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको बताउनुभयो। 

    images
    images
    images

    अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, तरकारी, फलफुल ,ग्याँस,  र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ १२ २०७८०३:१०:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij