जेठ १२ ,देवदह। देवदह नगरपालिकाले स्थापना गरेको कोरोना अस्थाई अस्पताललाई देवदहमा रहेको सामुदायिक (रेडियो )रेडियो देवदहले स्वास्थ्य सामाग्री सहयोग गरेको छ। रेडियो देवदहले माक्स २० बक्स ,सेनिटाइजर १०लिटर ,डिटोल साबुन र १० कार्टुन पिउने पानि हस्तान्तरण गरेको हो।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा देवदह ७ का वडा अध्यक्ष पदम थापा ,रेडियो देवदहका अध्यक्ष प्रजापति सापकोटा, वरिष्ठ उपाध्यक्ष तेजु अर्याल ,महासचिव भिम प्रसाद गुरुङ सचीव एवं कार्यकारी प्रमुख दिपक न्यौपाने लगायतको सहभागिता रहेको थियो।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij