जेठ १२ ,देवदह।विगत २४ घण्टामा देवदहमा ३७ जनामा कोरना संक्रमण पुष्टी भएको छ। २१ जना पुरुष र १६ जना महिला गरि ३७ जनामा कोरोना पुष्टी भएको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानाकारी दिएको छ। यो संगै देवदहमा १२ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जस मध्य ९ सय १७ जना कोरोना मुक्त भैसकेका छन्।
हाल सम्म १ सय ४९ महिला र १ सय ६३ पुरुष गरि ३ सय १२ जना सक्रिय संक्रमित उपचाररत छन्। त्यस्तै देवदह नगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्पतालमा ३ महिला र ४ पुरुष गरि ७ जना उपचाररत रहेका छन।

कोरोनाका कारण हाल सम्म देवदहमा १६ महिला र २२ पुरुष गरि ३८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै होम आइसोलेसनमा २ सय ८२ जना रहेका छन् भने बिभिन्न अस्पतालमा २३ जना उपचाररत रहेको देवदह नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij