बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपालमा पनि ‘ब्ल्याक फंगस’ को प्रभाव बढ्दो, औषधि अभाव

नेपालमा पनि ‘ब्ल्याक फंगस’ को प्रभाव बढ्दो, औषधि अभाव

images
  • 384
    SHARES

  • images
    images
    images
    नेपालमा पनि ‘ब्ल्याक फंगस’ को प्रभाव बढ्दो, औषधि अभाव
    images
    images
    images

    काठमाडाैं जेठ १४,। गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए ।

    अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर्शन थापाले बताए ।

    images
    images
    images

    ‘अचानक आँखा बन्द भयो, टाउको अधिक दुख्यो भन्नुभयो, बिस्तारै बेहोसी अवस्थामा गएर बिरामीको मृत्यु भयो,’ डा. थापाले भने, ‘कोरोना निको भए पनि ब्ल्याक फंगस (कालो ढुसी) सँग मिल्दाजुल्दा सबै लक्षण देखापरेका थिए । कागजमा देखिने गरी टिपोट नगरिए पनि बिरामीको मृत्यु फंगसकै कारण भएको हाम्रो अनुमान छ ।’

    पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितमा ब्ल्याक फंगसको संक्रमण देखिएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार ब्ल्याक फंगस संक्रमण देखिएका एकको मृत्यु भइसकेको छ । ‘यसअघि नै मधुमेह भएका कोरोना संक्रमितलाई स्टेरोइड औषधि दिँदा सुगर लेबल थप बढ्छ । यस्ता बिरामीमा ब्ल्याक फंगसको संक्रमण बढी हुने सम्भावना रहन्छ,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८०८:२९:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij