बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एसईई र कक्षा १२ को परिक्षा बारे छिट्टै निर्णय गर्ने बोर्डको तयारी

एसईई र कक्षा १२ को परिक्षा बारे छिट्टै निर्णय गर्ने बोर्डको तयारी

images
  • 314
    SHARES

  • images
    images
    images
    एसईई र कक्षा १२ को परिक्षा बारे छिट्टै निर्णय गर्ने बोर्डको तयारी
    images
    images
    images

    काठमाडौं १४ जेठ। माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले बिहीबारआफ्नो प्रतिवेदन बुझाएको छ। कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो।

    प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने बताइएको छ।एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा तथा कक्षा १२ को अन्तर्राष्ट्रिय मान्यतासमेत भएकाले परीक्षा लिनुपर्ने सुझाव दिएको छ।

    images
    images
    images

    खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए। संक्रमणको अवस्थामा विदेशका बोर्डले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदनमा सिफारिस गरिएको जनाइएको छ ।रासस 

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८०९:११:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij