बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तनहुँका दुई स्थानीय तहले मागे खोप किन्न अनुमति

तनहुँका दुई स्थानीय तहले मागे खोप किन्न अनुमति

images
  • 273
    SHARES

  • images
    images
    images
    तनहुँका दुई स्थानीय तहले मागे खोप किन्न अनुमति
    images
    images
    images

    जेठ १४,तनहुँ।  सरकारले अनुमति दिए तनहुँका दुई स्थानीय तहले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्। म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो।

    सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो। म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरेका हुन्। 

    images
    images
    images

    गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताए। उनले भने, ‘स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौँं, त्यसका लागि अनुमति दिओस्।’

    गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। उनले भने, ‘सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौं।’

    सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताए। विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। 

    ‘जनता बचेनन् भने विकासको के अर्थ रहन्छ, अहिले बाटो हिँड्नै पाएका छैनन् मान्छे, घरमा थुनिएर बस्नुपरेको छ,’ घिमिरेले भने, ‘पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो।’ उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिनेछ। 

    सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ। नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। 

    ‘कोभिड–१९ को सङ्क्रमण विभिन्न भेरिएन्टमा पटक–पटक महामारीको रूपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको कोभिडविरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन ग¥यो,’ न्यौपानेले भने, ‘तथापि यो खोप आम नागरिकको पहुँचमा सहजरूपमा पुगिसकेको छैन।’रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८०९:३५:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij