बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भेरी अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मृतकका आफन्तको आक्रमण

भेरी अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मृतकका आफन्तको आक्रमण

images
  • 279
    SHARES

  • images
    images
    images
    भेरी अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मृतकका आफन्तको आक्रमण
    images
    images
    images

    काठमाडौं। बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएपछि  मृतकका आफन्तले चिकित्सकलाई दुर्व्यवहार गर्दा अस्पतालमा तनाव भएको छ। 

    भेरी अस्पतालमा दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकलाई दुव्र्यवहार गरेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिए। 

    images
    images
    images

    गत जेठ ४ गते भेरी अस्पतालमा भर्ना गरिएका रावतको स्वाथ्य अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरेका थिए।  उपचारका क्रममा उनको मृत्यु भएपछि मृतकका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेर उपचार गर्दा मृत्यु भएको भन्दै डाक्टर चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

    हातपात गरेपछि उनीहरु हामफालेर ज्यान जोगाएका थिए। आफुहरु नभागेको भए उनीहरुले जे पनि गर्ने भन्दै कारबाही गर्नुपर्ने माग राखेका छन्। 

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८०९:४८:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij