बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गाउँगाउँमा अटो रिक्सा : यातायातमा सहजता भए पछी स्थानीय हर्षित

गाउँगाउँमा अटो रिक्सा : यातायातमा सहजता भए पछी स्थानीय हर्षित

images
  • 407
    SHARES

  • images
    images
    images
    गाउँगाउँमा अटो रिक्सा : यातायातमा सहजता भए पछी स्थानीय हर्षित
    images
    images
    images

    जेठ १४ कैलाली। मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा  घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपटक चिन्ता र समस्या भएन। दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लगे। र उपचार गरेर सोही रिक्सामा घर फर्किए। मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर गएका दलबहादुर भने, ‘अटो छ र त आनन्द छ।’

    टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै थिए, ‘अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सकेँ नत्र के पो हुन्थ्यो। छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरें र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो।’ स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपतविपद पर्दा बिरामी अस्पतालसम्म पुर्‍याउन धेरै सहज भएको कठरियाको भनाइ छ।

    images
    images
    images

    अहिले गाउँगाउ्ँमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ। स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ।

    घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताउँछन्। उनले भने, ‘पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको छ।’

    गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पुर्‍याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ। रातारात बिरामीलाई पहलमानपुरबाट  करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पुर्‍याएको उनले बताए। ‘हामी २४ सै घण्टा सेवामा हुन्छौं। हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ,’ उनले भने, ‘रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन्।’

    गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पुर्‍याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउँछिन्। पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरीको भनाइ छ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८१०:०८:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij