बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बाढी-पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

बाढी-पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

images
  • 264
    SHARES

  • images
    images
    images
    बाढी-पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध
    images
    images
    images

    जेठ १५ ,म्याग्दी।  तीन दिनदेखि परेका अविरल वर्षाले बेनी–जोमसोम सडक ठाउँठाउँमा अवरुद्ध भएको छ। यस सडकले उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ।

    लगातारको वर्षासँगै करिब आधा दर्जन स्थानमा बाढीपहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। सडकखण्डको रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर, सुकेबगरमा पहिरो खसेको छ।

    images
    images
    images

    बिहीबार बर्षासँगै कालीगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ। बाढीपहिरो अवरुद्ध भएको सडक शनिबार पन्छाउने बताइएको छ । 

    बाढीपहिरोको अवलोकन गर्न गएका दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीलाई पहिरो खस्दा खुट्टामा चोट समेत लागेको छ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ १५ २०७८०९:३५:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij