देवदह १६ जेठ। रुपन्देहीको देवदहमा स्वास्थ्य चौकी निर्माण कार्य अलपत्र परेको छ।एक वडा एक स्वास्थ्य चौकी निर्माण गर्ने नीति अन्तर्गत देवदह ११ मा निर्माण हुन लागेको स्वास्थ्य चौकी निर्माण कार्य अलपत्र परेको हो। गत पुषमा शिलान्यास भए पनि स्वास्थ्य चौकी कहाँ बनाउने भन्ने बिषयमा विवाद हुँदा शिलान्यास भएको ६ महिना भन्दा बढी भैसक्दा पनि निर्माण कार्य अगाडी बढ्न नसकेको हो।
भिडियो हेर्नुहोस
सुरुमा स्वास्थ्य चौकी देवदह ११ को पश्चिमी क्षेत्रमा निर्माण गर्नका लागि शिलान्यास गरिएको थियो। तर देवदह ११ का पश्चिमी क्षेत्रका स्थानीयले वडा कार्यालय ,कृषि उपज केन्द्र सडक निर्माण लगायतका विकास निर्माण कार्य पश्चिमी क्षेत्रमा भएको तर पूर्वी क्षेत्रमा विकास निर्माणका कार्य हुन नसकेको भन्दै स्वास्थ्य चौकी पूर्वी शंकरपुर सौदानिया बजार क्षेत्रमा हुनुपर्ने स्थानीयको माग छ।
वडा नम्बर ११ का वडा अध्यक्ष अमर बहादुर चौधरीले भने स्वास्थ्य चौकी पश्चिमी क्षेत्रमै हुनुपर्ने अडान लिंदै आएका छन्। पश्चिमी क्षेत्र सिक्टहनमा स्वास्थ्य चौकी नबने आन्दोलनमा उत्रने समेत स्थानीयको तयारी रहेको बुझिएको छ।
आर्थिक बर्ष सकिनै लाग्दा स्वास्थ्य चौकी निर्माणमा किचलो हुँदा करिब ३५ लाख बराबरको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। स्वास्थ्य चौकी निर्माणका लागि नगरपालिकाले उचित स्थानको निर्णय गर्न नसक्दा अन्यौलमा परेको निर्माणको जिम्मा पाएको भुसाल निर्माण सेवाका प्रतिनिधिले बताउनुभयो।
यद्यपि देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले स्वास्थ्य चौकी निर्माण हुने स्थानको टुंगो लागिसकेको र सोहि स्थानमै बनौन सहमति भएको भन्दै निर्माण कम्पनिलाई शंकरपुर सौदनिया बजार क्षेत्रमै निर्माण कार्य अगाडी बढाउन निर्देशन दिएको बताउनुभयो।
देवदह ११ मा भूगोल नमिलेको र जनसंख्या बढी भएको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्र सिक्टहनमा समान ढंगले विकास निर्माणका कार्य अगाडी बढ्न नसकेको कारण देखाउदै नंया वार्डको माग समेत भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij