जेठ १६ देवदह। राष्ट्रिय युवा संघ देवदहले अति विपन्न २० घर धुरीलाई अति आवश्यक खाद्यान्न सामाग्री वितरण गरेको छ । देवदह ४ का दैनिक ज्यालादारी गरि खाने मजदुर तथा अति विपन्न परिवारलाई चामल ,दाल ,नुन ,तेल र तरकारी लगायत खाद्यान्न सामग्री वितरण गरिएको देवदह ४ राहत वितरण संयोजक सुरज तिवारीले जानकारी दिनुभयो ।
बिश्वब्यापी रुपमा कोरोना संक्रमण फैलिरहेको र त्यसको असर नेपालमा पनि व्यापक रुपमा फैलिए पछि गत बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरिएको छ । लामो समय सम्म निषेधाज्ञा जारि रहदा दैनिक ज्यालादारी गरि खाने वर्ग रोगले भन्दा भोकले नमरुन भन्ने उदेश्यले राहत वितरण अभियान जारी गरिएको राहत वितरण समितिका संयोजक विकास गहतराजले जानकरी दिनुभयो । हाल सम्म देवदह ६ र ४ गरेर ५० भन्दा बढी घर धुरिलई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको गहतराजले जानकरी दिनुभयो।
देवदह नगरपालिका ४ का वडा अध्यक्ष दिपक चापागाईले युवाहरुको कार्यको प्रसंशा गर्दै विपन्न वर्गको सारथी बनेकोमा राष्ट्रिय युवा संघ देवदहलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै उंहाले अभियानमा आफुले पनि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।
राहत वितरण कार्यक्रममा वडा सदस्य शान्ता भट्टराई ,बन्धु कुमाल श्रदा कुँवर क्षेत्रि ,दिनेश क्षेत्रि ,सन्तोष घले लगायतको सहभागिता रहेको थियो।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij