बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राष्ट्रिय युवा संघ देवदहको राहत वितरण कार्यक्रम जारी

राष्ट्रिय युवा संघ देवदहको राहत वितरण कार्यक्रम जारी

images
  • 580
    SHARES

  • images
    images
    images
    राष्ट्रिय युवा संघ देवदहको राहत वितरण कार्यक्रम जारी
    images
    images
    images

    जेठ १७ , देवदह। राष्ट्रिय युवा संघ देवदहले सुरु गरेको राहत वितरण कार्यक्रम अन्तर्गत आज देवदह ११ मा खाद्यान्न वितरण गरिएको छ। देवदह ११ का अति विपन्न १७ घर धुरीलाई अति आवश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो।  देवदह ११ का दैनिक ज्यालादारी गरि खाने मजदुर तथा अति विपन्न परिवारलाई चामल ,दाल ,नुन ,तेल र तरकारी लगायत खाद्यान्न सामग्री वितरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य अजय रौनियारले जानकरी दिनुभयो। 

    बिश्वब्यापी रुपमा कोरोना संक्रमण फैलिरहेको र त्यसको असर नेपालमा पनि व्यापक रुपमा फैलिए पछि गत बैशाख १६ गते देखि रुपन्देही लगायत जोखिम बढेका जिल्लहरुमा निषेधाज्ञा जारी गरिएको छ ।  लामो समय सम्म निषेधाज्ञा जारि रहदा दैनिक ज्यालादारी गरि खाने वर्ग रोगले भन्दा भोकले नमरुन भन्ने उदेश्यले राहत वितरण अभियान जारी गरिएको राहत वितरण समितिका संयोजक विकास गहतराजले जानकरी दिनुभयो । हाल सम्म देवदह नगरपालिका ६, ४ र ११ गरेर ७० भन्दा बढी घर धुरिलई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको गहतराजले जानकरी दिनुभयो। 

    images
    images
    images

    राहत वितरण कार्यक्रममा श्रदा कुँवर क्षेत्रि ,रमेश खरेल लगायतको  सहभागिता रहेको थियो। 

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ १७ २०७८०८:३०:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij