बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल समूहप्रति ओली "कहिले तातो कहिले नरम"

नेपाल समूहप्रति ओली "कहिले तातो कहिले नरम"

images
  • 242
    SHARES

  • images
    images
    images
    नेपाल समूहप्रति ओली "कहिले तातो कहिले नरम"
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेले पार्टी एकता बचाउन थप लचकता अपनाउने भन्दै निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको एमालेले एकता बचाउने थप प्रयास भन्दै पछिल्लोपटक स्पष्टीकरण सोधिएका थप १२ जना नेताहरूमाथि भने कारबाही नगर्ने नीति लिएको छ ।

    परराष्ट्रमन्त्रीसमेत रहेका पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको र यो संवादलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    images
    images
    images

    प्रवक्ता ज्ञवालीले बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसका साथै सरकारले ल्याएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गरिएको थियो ।

    स्पष्टीकरण सोधिएका घनश्याम भुसाललगायतका १२ जना नेतालाई कारबाही गर्ने विषय बैठकको एजेन्डा नै नभएको बताउँदै प्रवक्ता ज्ञवालीले पार्टीभित्र वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको समेत जानकारी दिनुभयो ।

    बैठकले पार्टी एकताका पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको निर्णयसमेत गरेको उहाँले बताउनुभयो । वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसक्नुभएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ १९ २०७८०९:५९:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij