जेठ १९,देवदह। कोरोना भाईरसको रोकथाम नियनत्रण तथा उपचारलाई लक्षित गर्दै रुपन्देहीको देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नेहरु थपिदै गएका छन। कोष’ मा निजी क्षेत्र र सरकार सम्बद्ध व्यक्ति तथा संघसंस्थाले रकम योगदान गर्ने क्रम जारी राखेका छन् । नगरपालिकाका अनुसार आज बुधबार देवदह ४ निवासी समाजसेवी लिला बल्लभ भट्टराईको छोरी ज्वाईँ आशा भट्टराई र श्रमण बस्यालले ४१ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
आईसोलेसन सर्भिस र अक्सिजन सिलिन्डरको लागि भट्टराईले आर्थिक सहयोग गर्नुभएको हो । राहत रकमको चेक लिला बल्लभ भट्टराईले देवदह नगरपालिकाको नगर प्रमुख हिरा केसीलाई प्रदान गर्नु भएको हो । देवदह नगरपालिका नगर प्रमुख हिरा केसीले यो माहामारीको बेला नागरिक स्तरबाट सहयोग गर्नु नागरिकको कर्तव्य बोध हुने सम्झेर सामाजिक कार्यमा अग्रसर भएकोप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो।
त्यस्तै भट्टराईले अनेरास्ववियु देवदह नगर कमिटीद्वारा संचालित निशुल्क एम्बुलेन्स सेवामा थप हौसला मिलोस भन्ने उद्धेश्यका साथ अनेरास्ववियु देवदह नगर कमिटीलाई नगद रु दस हजार १ सय ५ रुपैयाँ सहयोग गर्नु भएको छ । उक्त रकम उहाले अनेरास्ववियु देवदह नगर कमिटी अध्यक्ष सुरज भट्टराईलाई प्रदान गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा देवदह नगरपालिकाका नगर उप प्रमुख बिद्या लक्ष्मी गुरुङ ,देवदह ४ का वडा अध्यक्ष दिपक चापागाई ,देवदह ८ का वडा सदस्य देवु भट्टराई लगायतको उपस्थिति रहेको थियो।
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij