बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

श्री महामाया भवानी मा.विका भुपु विद्यार्थीद्धारा राहत वितरण

श्री महामाया भवानी मा.विका भुपु विद्यार्थीद्धारा राहत वितरण

images
  • 263
    SHARES

  • images
    images
    images
    श्री महामाया भवानी मा.विका भुपु विद्यार्थीद्धारा राहत वितरण
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा श्री महामाया भवानी मा.विका भुपु विद्यार्थीद्धारा राहत वितरण गरिएको छ । देश तथा विदेशमा छरिएर रहेका स्कुलका भुपु विद्यार्थीहरुबाट संकलित रकमले राहत वितरण गरिएको हो । श्री महामाया भवानी मा.वि र जुनियर रेड क्रससंग समन्वय गरी उनिहरुले सोही स्कुलमा अध्ययनरत २५ घर परिवारलाई राहत वितरण गरेको हो ।

    भुतपुर्व विद्यार्थिले देश तथा विदेशमा रहेका विद्यार्थीबाट रकम संकलन गरी राहतस्वरुप खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक आशिष पोख्रेलले बताए । राहत सामाग्रीमा दाल, चामल, नुन, तेल, सोयाविन आदि प्रदान गरिएको उनले बताए । वितरण कार्यक्रममा भुपु विद्यार्थीहरु मिलन पाण्डे, धनपती पन्थ, सन्दिप बस्याल, कृष्ण डुम्रे, सन्त बहादुर गुरुङ, मीन क्षेत्री, जीवन न्यौपाने, भोजराज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले भुतपुर्व विद्यार्थीले गरेको यस्तो कार्य प्रशंसनिय रहेको बताए । उनले महामारीले रोजगार गुमेपछि धेरै परिवार आर्थिक मारमा परेको भन्दै खाद्यान्नकै लागि राहत संकलन र बाहिरी सहयोग आवश्यक परेको बताए । राहत वितरण कार्यक्रममा श्री महामाया भवानी मा.वि का प्रधानाध्यापक ऋषिश्वर अर्याल, समाजसेवी लिला बल्लभ भट्टराई, शिक्षक निलराज बस्याल, भिम प्रसाद न्यौपाने, हरि न्यौपाने,बिनोद थापा लगाएतको उपस्थिति रहेको थियो ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, जेठ २० २०७८०८:१९:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij