रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणको सङ्ख्या वृद्धि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्ख अनुसार संक्रमित संक्रमण एक सय ४७ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयल जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा चार सय १९ जनामा परिक्षण गरिएकोमा एक सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा निको हुने सङ्ख्या एक सय सात जना छ भने एक जना संक्रमितको ज्यान गएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार सात सय पुगेको छ । हालसम्म जिल्लामा चार सय ४३ जना संक्रमितले ज्यान गुमाई सकेका छन ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमध्ये बुटवलका ३५, तिलोत्तमाका ५२, सिद्धार्थ नगरका १६, सैनामैनाका १२, देवदहका ९ र लुम्बिनी साँस्कृतिकका दुई जना रहेका छन । भने सियारीमा तीन, गैडहवामा एक, मायादेवीमा तीन, ओमसतियामा ६, कञ्चनमा पाँच, रोहिणीमा एक र शुद्धोधनमा दुई जना संक्रमित थपिएका छन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij