जेठ २१ । गुल्मीमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९५ जनामा गरिएको परिक्षणमा पिसिआर परिक्षण गर्दा २ जनामा र एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सत्यवति गाँउपालीकामा १८, मुसिकोट नगरपालीकामा १५ जना,कालीगण्डकी ४ , रेसुंगा नगरपालीकामा ३ जना, ,धुर्कोट ,चन्द्रकोट र मालीका गाँउपालीकामा १ – १ जना गरि ४३ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको सङ्ख्या ६९ र मृत्यु हुनेको सङ्ख्या १ जना रहेको छ । जिल्लामा सक्रिय संक्रमित ५८५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको ५९ वर्षिय पुरुषका इस्मा गाँउपालीका ५ का हुन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८३ जनाले ज्यान गुमाएका छन भने १८२४ जना संक्रमण मुक्त भएका छन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij