जेठ २१ । गुल्मीको रुरु क्षेत्र गाँउपालिका वडा नं. ०५ काहुलेमा मालबाहक ट्रिपर दुर्घटना भएको छ । शुक्रबार रिडीबाट बालुवा बोकेर रिमुवा जाने क्रममा लु २ ख ३६२२ नम्बरको ट्रिपर दुर्घटना भएको हो । दुर्घटना बाटो सानो र चालकले बाटो हेर्दा हेर्दै भएको स्थानियले बताएका छन । दुर्घटनामा चालक सत्यवती गाउँ पालिका वडा न २ चेहेमिका २९ बर्षका खेमराज पाण्डे घाइते रहेका छन । घाइते उनलाई उपचारको लागि श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्र लगिएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेकोे छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij