बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

हुम्लामा लक्षण विनाका सङ्क्रमित फेला पर्दै

हुम्लामा लक्षण विनाका सङ्क्रमित फेला पर्दै

images
  • 225
    SHARES

  • images
    images
    images
    हुम्लामा लक्षण विनाका सङ्क्रमित फेला पर्दै
    images
    images
    images

    हुम्ला । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरू देखिन थालेका छन्। दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन्।

    एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरू लक्षण विनाका देखिएका छन्। सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।

    images
    images
    images

    कोरोना भएर आइसोलेसनमा बस्दै आएका सङ्क्रमित ९ देखि १० दिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए।

    जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार २०० जनाको परीक्षण गर्दा १७५ जनामा कोरोना पुष्टि भएको थियो। ती मध्ये १२४ जनामा लक्षण नदेखिएको उनले बताए।

    कोरोना पुष्टि भएकामध्ये ६ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको लामाले जानकारी दिएका छन्‌।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ २२ २०७८०८:३६:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij