बुटवल २२,जेठ। कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत २ जना संक्रमितको गयराती फरक फरक समेयमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार जेठ १६ गतेबाट अस्पतालमा कोभिड आईसीयू वार्डमा उपचाररत गल्याङ ११ स्याङ्जाका ३२ वर्षिय पुरुषको शुक्रबार राती ७ बजे मृत्यु भएको थियो भने जेठ १० गते भर्ना भएका बर्दघाट नवलपरासीकी ७३ वर्षिया महिलाको आज बिहान ४ः५० बजे मृत्यु भएको थियो ।
रुपन्देहीमाकोरना संक्रमणका कारण हाल सम्म हाल सम्म ४ सय ४८ जनाले ज्यान गुमाएका छन्। १५ सय ७२ सक्रिय संक्रमित उपचाररत रहेका छन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij