बुटवल। यति बेला देश कोरोना महामारी संग जुधिरहेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जोखिम देखिएका जिल्लाहरुमा निषेधाज्ञा जारि गरिएको छ। रुपन्देही जिल्लामा पनि संक्रमण व्यापक बृद्दी र कोरोनाको जोखिम बढे पछि बैशाख १६ गते देखि निषेधाज्ञा लागिएको छ।
कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कारण आम नागरिक हरु घर भित्रै बस्न बाध्य छन्। उद्योग कलकारखाना,बिद्यालय यातायात क्षेत्र ठप्प छन्।
यो विषम परिस्थितिमा स्वास्थ्य कर्मी ,सुरक्षा कर्मी अहोरात्र संक्रमितको उपचार र सुरक्षामा खटिरहेका छन्। सामाजिक अभियन्तहरु अति विपन्न बर्गको सहारा बनिरहेका छन।
यसै बिचमा बुटवलका एक युवा सामाजिक अभियन्ता कोभिड हेल्थ डेस्क स्थापना गरेर कोरोना रोकथाम तथा सचेतना अभियानमा खटिरहेका छन। के।आर। लोककल्याणकारी फाउण्डेसनका संस्थापक तथा कोभिड(१९ सम्बन्धि सुचना र जानकारी, आवश्यक सहयोग र समन्वय तथा सहजिकरणको राष्ट्रिय अभियान संयोजक कृष्ण रसाइली हाल सम्म एक हजार भन्दा बढी सर्वसाधारणलाई कोभिड स्सम्बंधी सकारात्मक सूचना र सहजीकरण गरिएको बताउछन।
अभियानकै क्रममा कोभिड पोजेटिभ भएका रसाइली सकारात्मक सोच खानपिन मा बिशेष ध्यान दिएरनै आफु कोरोनालाई जित्न सफल भएको बताउछन।ुहामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने ुभन्ने मुख्य नारा सहित आफुहरुको टिम कोरोना बिरुद्दको सचेतना अभियानमा लागेको उनि बताउछन्। हाल बिपन्न बर्गको घर घरमा पुगेर खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिरहेको र कोरोना संक्रमण रोकथामका लागि अग्रपंतिमा रहेर खटिरहेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको संयोजक कृष्ण रसाइली बताउछन।
प्रस्तुत छ यिनै बिषयमा गुराँस मिडियाकर्मीले गरेको कुराकानीको सम्पादित अंश
अभियानका बारे जानकारी
देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाई,दिदिबहिनीहरूमा हार्दिक अपिल:
उपरोक्त सम्बधमा यस कोभिड-१९को बिसम परीस्थितिमा डर,भय र त्रासपुर्ण आशक्त जनमानस, असामान्य, अन्योलपुर्ण र अस्थब्यस्थ जनजिवनमा गरिब,असहाय, अशक्त, अनाथ, बालबालिका, बृद्ध, उत्पिडित, अन्याय र अत्याचार लगायत सामान्य जिवनयापन गर्न आवश्यक न्यूनतम आधारभुत आवश्यकताबाट बन्चित नेपाल सरकारको मापदणड अनुसार निरपेक्ष गरिबीको रेखा मुनि रहेका अति बिपन्न नेपाली जनताहरूलाई आवश्यक लोककल्याणकारी सेवा गर्ने उद्देश्य र 'कोभिड-१९ले अति प्रभावित आवाज र पहुँच बिहिन गरिब,दिनदुखि, असहाय, अशक्त, अनाथ, बालबालिका र वृद्धहरूको आवाज र सारथि' भन्ने मुल नाराका साथ 'कोभिड-१९ सम्बन्धि सही सुचना र जानकारी आवश्यक सहयोग र समन्वय तथा सहजिकरको राष्ट्रिय अभियान' अन्तरगत "कोभिड-१९ निशुल्क हेल्प डेक्स" संचालन गरी नेपाल अधिराज्य भरी र विदेशमा रहेका नेपालीहरूका कोभिड-१९ संक्रमित आमाबुवा,दाजुभाई, दिदीबहिनीहरूलाई कोभिड-१९ सम्बन्धित सहि सुचना र जानकारी , निशुल्क स्वास्थ परामर्शको सेवा, गर्भवती र सुत्केरी महिला, दीर्घ रोगी, ज्येष्ठ नागरिक र असक्तलाई पहिलो प्राथमिकतामा राखि लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा, अक्सिजन आपुर्ति सेवा , रगत र प्लाज्मा ब्यववस्थापनको सेवा ,कोभिड-१९ बिरूद्ध लड्न आवश्यक डाक्टरको निगरानीमा सर-सल्लाह जस्तै आयुर्बेदिक र एलोप्याथि औषधि र उपचार पद्दति, बैज्ञानिक योगा, मेडिटेसन सम्बन्धि परामर्श र कोभिड-१९को मनोबैज्ञानिक परामर्श सहितको सम्पुर्ण परामर्श सहित निशुल्क सहयोग र समन्वयको लागि काम गरीरहेको र आजका मितिसम्म करीब १००० भन्दा बडिलाई निशुल्क सेवा दिएको, करिब १५० जना कोभिड-१९ संक्रमितको घर मै पुगि औषधिमा प्यान बिल भन्दा एक रुपैँया बडी नलिई माथि उल्लेखित सेवाहरूको सफल सम्प्रेसण गरेको र आजको मितिमा प्राय सबै जना निको भएको कुराका साथै , फ्रन्टलाइनर सुरक्षाकर्मीलाई सम्मान कार्यक्रमको पहिलो चरणमा बु.उप-महा न.पा.मा खटिएका करिब ६६ जना फ्रन्टलाइनर सुरक्षाकर्मीलाई यन-95 माक्स दिइएको,दोस्रो चरणमा बुटवल उप-महानगरपलिका खटिएका मध्य ५८ जना र ती.न.पा-३,योगिकुटि देखि सिद्धार्थनगर न.पा.को सुनौली, बेलहिया सम्म खटिएका मध्य ३२ जना गरि जम्मा ९० जना फ्रन्टलाइनर सुरक्षाकर्मीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र शसत्र प्रहरीहरुलाई यो विषम परिस्थिति विरुद्ध लड्न थप शक्ति र हौसाला मिलोस भन्ने हेतुले १-१ स्यानो स्यासेको रियल जुस र २-२ प्रति सर्जिकल माक्स दिएको, बुटवल उप-महानगरपालिको भित्रका १ वटा अपाँङ्ग आश्रम र १ वटा वृद्ध आश्रममा माक्समा र सेनिटाइजर र १ वटा दृष्टिबिहिन आश्रममा मास्क,सेनिटाइजर र आवश्यक खाधान्न बितरण गरेको र बुटवल उप-महानगरपालिका वडा नं. ०२ को तल्लो फुलबारी, मनकामनाटोल, उपल्लो फुलबारी, डाँडाटोलमा रहेका कोभिड-१९ले अति प्रभावित १८ अति बिपन्न परिवारलाई प्रति परिवार ५-५ केजी जिरा मसिनो चामल, १ केजी दाल, १ केजी नुन र १ पुरी स्वाबिन गेडी बितरण गर्नुका साथै सोही वडाका वडाबासीहरूलाई सर्जिकल माक्स र सचेतना पम्प्लेट बाड्न सफल भएका कुरा तपाईहरू समक्ष अवगत गराउछौँ ।
अब सोही अभियान कै मातहतमा रहेर अहिले अति बिपन्न परिवारको खाधान्नमा पहुँच बन्द भएको हुँदा 'YOUTH TOGETHER FOR NATION' र 'अहिले नगरे कहिले कहिले गर्ने, हामीले नगरे कस्ले गर्ने ?' भन्ने नारा र 'कोभिड-१९को बिषम परिस्थितिमा भोक र आवश्यक खाधान्यको अभावमा कोही आम नेपालीहरू तड्पिन नपरोस' भन्ने मुलभुत उद्देश्य लिएर कोभिड-१९को विषम परिस्थितिले अति प्रभाबित बिपन्न परिवारहरूलाई खाध्यान्न, अपाङ्ग, अनाथ, बालबालिका र वृद्ध आश्रममा खाधान्य, फ्रन्टलाइनर सुरक्षाकर्मी र स्वास्थकर्मीहरुलाई प्रोत्साहनका कार्यक्रम लगायत सबै आवश्यकलाई समे्टने गरी सके सम्म सबै स्थानिय तह, जिल्ला प्रशासन,प्रहरी प्रशासन र विभिन्न संस्थाहरूसंग सहकार्य र समन्वय गरी सबै कोभिड-१९ स्वास्थ सुरक्षा पालना गरी निशुल्क खाध्यान्न बितरण गर्न " कोभिड-१९को बिषम परिस्थितिले उच्च प्रभावित सबै नेपालीहरूमा खाधान्य बितरण कार्यक्रम-पहिलो चरण" सुरूवात गरेका छौँ । सबैको साथ,माया,सहयोग र हौसाला जसरी आज सम्म दिदैँ आउनु भएको छ,त्यसै गरी दिनु हुन्छ भन्ने अपेक्षा राखेका छौँ ।
लक्षित वर्गहरूः
१. कोभिड-१९को विषम परिस्थितिले अति प्रभाबित बिपन्न परिवारहरू
२. अनाथ,अपाङ्ग,असहाय,बालबालिका र बृद्ध आश्रममा रहेका अशक्तहरू
३. फ्रन्टलाइनर सुरक्षाकर्मी र स्वास्थकर्मीहरुलाई प्रोत्साहनका कार्यक्रम
चरणहरूः
१. पहिलो चरणमा-बुटवल उप-महा न.पा.को अति प्रभावित वडाका बासिन्दाहरू
२. दोस्रो चरणमा-रुपन्देही जिल्लाका आति प्रभावित पालिकाका बासिन्दाहरू
३. तेस्रो चरणमा - राहतको अति आवश्यक बाहिरी जिल्लाहरू, कर्णाली प्रदेश र प्रदेश २का जिल्लाहरूलाई प्राथमिकतामा राखिने ।
अभियानको कार्यक्रमको सल्लाहकार समिति र कार्यकारी टिमः
अभियानको कार्यक्रम कार्यबिधि र निर्देशिका-२०७८:
सहयोगार्थ नगद र जिन्सी संकलन,खर्च र व्यवस्थापन कार्यबिधि र निर्देशिका-२०७८:
नगद वा जिन्सी वा दुबै सहयोग गर्ने सकिने माघ्यमहरूः
1. NMB BANK LIMITED
Pulchowk Branch (Lalitpur MPC)
Krishna Rashailee
0830123344800015 (०८३०१२३३४४८०००१५)
SWIFT CODE: NMBBNPKA
2. eSewa- Nepal's First Online Payment Gateway
Krishna Rashailee – KYC verified Account
9847500032
3. Khalti
Krishna Rashailee – KYC verified Account
9847500032
कृष्ण रसाइली-9847500032/ 9821441664
बटवल,रुपन्देही,लुम्बिनी प्रदेश, नेपाल
समाजिक अभियान्ता, अभियान र कार्यक्रम संयोजक
कोभिड-१९ सम्बन्धि सही सुचना र जानकारी आवश्यक सहयोग र समन्वय तथा सहजिकरको राष्ट्रिय अभियान अन्तरगतको "कोभिड-१९को बिषम परिस्थितिले उच्च प्रभावित सबै नेपालीहरूमा खाधान्य बितरण कार्यक्रम-पहिलो चरण"
अतः
यो असहज परीस्थिमा आत्तिने होइन, संयमित बनौँ ।
नकारात्मकताबाट दुरि कायम गरौँ, सकारात्मक सोचौँ,सकारात्मक बनौँ ।
कोभिड-१९ संक्रमण नलुकाऔँ, प्राण भन्दा ठुलो मान,प्रतिष्ठा र इज्जत होइन। कोभिड संक्रमित हुनु कुनै अपराध होइन ।
उच्च मनोबलका साथ कोभिड-१९को सामना गरौँ ।
साबधानी अपनाउ, कोभिड-१९ स्वास्थ सुरक्षा मापदण्डको पालना गरौँ ।
आफु पनि बचाऔँ र अरुलाइ पनि बचाऔँ । आउनुस,यो कोभिड-१९को बिसम परिस्थितिमा मिलेर लडौँ ।
सबैको भलो होस ।
-
आइतवार, जेठ २३ २०७८११:३३:१५
-