देवदह २३,जेठ। कोभिड १९ को दोस्रो भेरियनको महामारीबाट देश अक्रान्त भइरहेको अवस्थामा लायन्स क्लव अफ देवदहद्धारा सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गर्दै कोभिड उपचारको लागि देवदह नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । देवदह नगरपालिकाद्धारा सञ्चालन गरिएको राहत कोष मार्फत देवदह नगरभित्र रहेका कोभिड विरामीहरुको उपचारको लागि ६० थान अक्सिजन भर्नको लागि लाग्ने लागत बराबरको नगद सहयोग गरेको हो । लायन्स क्लव अफ देवदहको वर्ष २०२०/२१ का अध्यक्ष रामबहादुर गुरुगंद्धारा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुगंज्यू तथा प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेलबासेलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो ।
उक्त चेक बुझ्दै नगर प्रमुख हिरा बहादुर खत्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै लायन्स क्लव अफ देवदहले समग्र देवदहको विभिन्न क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो र हरेक विपत तथा समस्याहरुमा सहकार्य र सहयोग गर्दै जाने वाचा समेत गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ देवदह वर्ष २०२०/२१ का अध्यक्ष लायन राम बहादुर गुरुगं, प्रथम उपाध्यक्ष तथा इलेक्ट प्रेसिडेन्ट लायन बिनोद थापा मगर, द्धितिय उपाध्यक्ष विष्णु प्र. ज्ञावली, सचिव मन बहादुर क्षेत्री, पि.आर.ओ. श्रृजना ओली सापकोटाको उपस्थिती रहेको क्लवका प्रथम उपाध्यक्ष तथा वर्ष २०२१/२२ का इलेक्ट प्रेसिडेन्ट लायन बिनोद थापा मगरले जानकारी गराउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij