बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

भारतीय सुरक्षाबलको दादागिरीको कारण नेपालीले आफ्नै जमिनमा खेति गर्न पाएनन

भारतीय सुरक्षाबलको दादागिरीको कारण नेपालीले आफ्नै जमिनमा खेति गर्न पाएनन

images
  • 248
    SHARES

  • images
    images
    images
    भारतीय सुरक्षाबलको दादागिरीको कारण नेपालीले आफ्नै जमिनमा खेति गर्न पाएनन
    images
    images
    images

    कञ्चनपुर । फसल नेपाली किसानको खेतबारीमा फल्छ । उनीहरुले त्यो खेतबारीको कुत, तिरो र राजश्व मालपोत कार्यालयमा बुझाउछन् । तर भारतीय सुरक्षाकर्मी बुट बजार्दै आएर राइफल देखाएर सोध्छ, भारतीय भूमिमा खेति गर्ने अधिकार कहाँबाट पाइस ? यो नियति सीमामा बस्ने धेरै नेपालीहरुले भोग्दै आएको पीडा हो ।

    हरेक पटक थिचोमिचो र अन्याय भोग्दै आएका कञ्चनपुरका सीमावर्ती वासिन्दाले फेरि उही नियति भोग्न थालेका छन् । नेपाली भूमिमा लगाएको फसल उठाउन पाउँदैनन्, बरु कुहिएर जान्छ तर भारतीय सुरक्षाकर्मीले फसल लगाएको बालीमा जाँदा राईफलको पर्खाल तेस्र्याएर हरेक पटक अवरोध गर्दै आएको छ ।

    images
    images
    images

    राज्यको उपस्थिति सीमामा कमजोर बन्दा र कुनै पनि कुटनैतिक पहल नहुँदा सीमावासी नेपाली नागरिकले सास्ती भोग्ने क्रम जारी छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमावर्ती क्षेत्रमा नेपालीहरु माथि निर्लज्जताका साथ दमन गर्दै आएपनि बोलिदिने निकाय गम्भीर नबन्दा अवस्था झनै अत्यास लाग्दो बन्दै आएको छ ।

    त्यसमाथि भारतीय सीमा सुरक्षा बलसंग बढी बोल्ने नेपाली नागरिकको फोटो खिचेर राख्न र पछि उठाएर भारत ल्याएर हिरासतमा राख्नु पर्नेसम्मको धम्की पनि सुरक्षाबलका उच्च अधिकारीहरुले दिने गरेका छन् । त्यो जमिनको राजश्व बुझ्ने नेपाल सरकारले केही नबोलिदिदा सीमामा एसएसबीको ज्यादति झनै बढेको छ ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ २६ २०७८०९:२१:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij